नेपाली समय: ०४:०२:०९ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

आजतक रेडियो अन्तर्वार्तामा वर्माले भनेः कालापानी नेपालको हो

भारतले चीनसंग युद्ध लड्न राजा महेन्द्रसंग कालापानी निश्चित समयका लागि मागेको थियो

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

काठमाडाैं । भारतीय बरिष्ठ पत्रकार आनन्द स्वरुप वर्माले कालापानी नेपाली भूमी भएको जनाएका छन् । 

आजतक रेडियोसँग कुराकानी गर्दै पत्रकार वर्माले कालापानी नेपालकै भूमी भएको जनाएका हुन् । 

नेपालले कालापानीलाई आफ्नो भूमी दाबी गर्नु उपयुक्त भएको भन्दै उनले भारतले यस्तो सुन्न देख्न नचाहने गरेको आरोप लगाएका छन् । 

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुमा चीनलाई जोडेको भन्दै वर्माले भारत-चीन छिमेकी मुलुक रहेको भन्दै भारतले हेपाहा प्रवृत्ति देखाइरहे नेपाल आफ्नो पक्षलाई बलियो बनाउन कुनै देशसँग मिल्न जानसक्ने जनाएका हुन् । 

कालापानी विवाद दुबै देशका प्रतिनिधि बसेर वार्तामार्फत समाधान गर्नुपर्ने उनले जनाए । कालापानी नेपालको भूमी हो भन्दै वर्माले ६२ को दशकमा भएको भारत-चीन युद्धका बेला राजा महेन्द्रसँग भारत सरकारले निश्चित समयका लागि उपयोग गर्न भन्दै राजासँग उक्त क्षेत्र लिएको थियो । त्यसपछि भारतले कालापानीमा आफ्नो सेना राखेको उनले जनाएका छन् । 

भारतलाई चेतावनी दिदै वर्माले भारतले समस्या समाधानमा गम्भीर कदम नचाले समस्या निम्तिन सक्ने समेत दाबी गरेका छन् । 

 

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 75%
  • खुसी

  • 0%
  • अचम्मित

  • 25%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

सोती नरसंहार: जातीय भेदभावको पराकाष्टा 

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...