नेपाली समय: ०३:०४:२६ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको निधन

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ १०)
News Title

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिङ शिलुको शुक्रबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ बर्षिया सिङको निधन भएको हो ।

नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठकले पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र पछि ब्रैन स्ट्रोक भएको जानकारी दिइन् । 

उनी महिलातर्फ पहिलो न्यायाधिश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन् । उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् । त्यसपछि उनीराष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् । 

१९९६ साल फागुन २२ गते काठमाडौंको पकनाजोलमा उनको जन्म भएको थियो । उनका पति र दुई छोरा छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...