नेपाली समय: ०३:५५:२६ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

नाका सिल गर्दै तरकारी आयातमा समेत रोक

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ १०)
News Title

भोजपुर । भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारीआयातमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो ।

सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ः३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्ने, भोजपुर बजारलगायत अन्य स्थानीयस्तरमा लाग्ने हटिया पूर्णरूपमा बन्द गर्न लगाउने निर्णय  बैठकले गरेको छ । सदरमुकाममा लाग्ने गरेको शनिबारे र बुधबारे हटिया बन्द गर्ने निर्णय भएपछि बजार क्षेत्रमा तरकारी अभाव हुने नदिन देउरालीचोकबाट नगरपालिका भवनसम्म १०–१० मिटरको दूरी कायम गरी तरकारी किनबेच गर्न पाउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणसँगै स्थानीयस्तरमा उत्पादन भएको तरकारी खपत गराउने उद्देश्यका साथ बाहिरी जिल्लाबाट आउने तरकारी यही जेठ २० गतेसम्मलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

अत्यावश्यक कामले  विभिन्न ठाउँबाट आएका नागरिकलाई सम्बन्धित स्थानीय तहले  निर्माण गरेको क्वारेन्टिनमा १४ दिन राख्ने, भारतलगायत अन्य मुलुकबाट रोजगारी  गरेर फर्केर आएकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाको पूर्वीनाका अरुण नदीको लेगुवाघाटबाट मात्र प्रवेश गराइ केही दिन अरुण गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा राख्ने निर्णय भएको छ ।

यसैगरी बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारद्वारा जारी गरिएको लकडाउनलाई पूर्णरूपमा पालना गरी प्रत्येक नागरिकले मास्क लगाउने, लकडाउन उल्लङ्घन गरी मानिस ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर सात दिनसम्म चलाउन नदिने, चालक र यात्रा गर्नेलाई १४ दिन क्वारेन्टिनमा राख्ने निर्णयसमेत गरेको छ । धनकुटा जिल्लामा कोरोना सङ्क्रमित फेला परेसँगै यहाँ उच्च सतर्कता अपनाइएको छ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

सोती नरसंहार: जातीय भेदभावको पराकाष्टा 

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...