नेपाली समय: ०३:५९:३० अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

सांसद रोका राहत वितरणमा सक्रिय, रुकुम पूर्वका ३३ परिवारले पाए खाद्यान्न

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ १०)
News Title

काठमाडाैं । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कमला रोकाको पहलमा रुकुम पूर्वका थप ३३ घर परिवारलाई राहत उपलब्ध गरइएको छ । 

काठमाडाैंको बाफल क्षेत्रमा बसोबास गर्ने रुकुम पूर्वका ३३ परिवारलाई रोकाको पहल र सक्रियतामा चामल उपलब्ध गराइएको हो । 

कोरोना रोकथाम तथा नियन्त्ण गर्न सरकारले जारि गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका रुकुम पूर्वका मजदूर तथा विद्यार्थीलाई रोकाले राहत उपलब्ध गराएकी हुन् ।

व्यापारी ताराबहादुर कुवँरसंगको सहकार्यमा रोकाले राहत उपलब्ध गराएकी हुन् । 

आफ्ना निर्वाचन क्षेत्रका जनतालाई भोकले मर्न नदिने भन्दै उनी अहिले राहत वितरणमा सक्रिय बनेकी छन् । उनले यसअघि किर्तिपुर, गोलढुंगा लगाएत क्षेत्रमा राहत वितरण गरिसकेकी छन् । 

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

सोती नरसंहार: जातीय भेदभावको पराकाष्टा 

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...