नेपाली समय: १०:१६:३३ बिहान
वि.सं २०७७ आषाढ २०   शनिवार

रुकुमपश्चिमको घटनाबारे रेखाको प्रश्नः नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो र ?

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ २१)
News Title

काठमाडौं । लोकप्रिय अभिनेत्री रेखा थापाले रुकुमपश्चिमको घटनाका सन्दर्भमा आफ्नो फेसबुक वालमा स्टाटस लेखेकी छन । 

 रुकुम घटनाका दोषीमाथि कारबाही र पीडितलाई अबिलम्ब न्यायको माग गरेकी छन् ।

तर, उनले यस घटनामा जोडिएकी किशोरी (सुष्मा मल्ल ठकुरी) को बारेमा समाजिक सञ्जालमा चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् । यस प्रकारको क्रियाकलापले उत्पीडित वर्गमाथि प्रहार भएको भन्ने उनको भनाई छ ।

उनी फेसबुकमा लेख्छिन्, ‘समाजविरुद्ध अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ? दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो र ?  छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ?’

उनले अगाडि लेखेकी छन्, ‘समुहमा बाहुन क्षेत्री, जनजाती जो जसलाई गाली गर्नु छ गरे हुन्छ ? एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंसा र प्रताडना दिएको कारण ती किशोरी नदिमा हाम्फालेमा कसले जवाफ दिन्छ ?’ यसले जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने रेखाको जिकिर छ ।

दोषी ठहर भए किशोरीलाई कारबाही हुनुपर्ने बताउँदै अभिनेत्री थापाले दोषी वा निर्दोषको किटान नहुँदै १७ वर्षिय किशोरीलाई मानसिक र सामाजिक उत्पीडनमा पार्न नहुने बताएकी छन् । किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने भए भोली कुनै छोरीले कसैलाई माया नगर्ने उनी बताउँछन् । उनको यो भनाईप्रति कतिले समर्थन जनाएका छन् भने कतिले रेखाकै विरोध गरेका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...

प्रधानमन्त्री ओलीको सन्देश बोकेर खुमलटार पुगे पोखरेल, पौडेल र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर रक्षामन्त्रीसहित महासचिव खुमलटार पुगेका छन् । सत्ता संकट गहिरिएसँगै पार्टी सचिवालय सहित स्थायी...

बालुवाटारमा प्रचण्डले राखे यी प्रस्ताव, अब के होला ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लामो छलफल भएको छ । पार्टी फुटको संघारमा पुगेको बताइरहेका बेला प्रचण्डले...