नेपाली समय: १०:४७:३६ बिहान
वि.सं २०७७ आषाढ २०   शनिवार

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ २१)
News Title

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । 

योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एक व्यक्तिको मृत्यु भएको छ । 

उनका अनुसार दोलखाका ७६ वर्षीय पुरुष जेठ १३ गते ती पुरुष शल्यक्रियाका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा १५ गते ती पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको थियो । लगत्तै उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा लगिएको थियो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । 
यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । 

यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् । 

जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ । 

यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ । गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कतारबाट...

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...

प्रधानमन्त्री ओलीको सन्देश बोकेर खुमलटार पुगे पोखरेल, पौडेल र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर रक्षामन्त्रीसहित महासचिव खुमलटार पुगेका छन् । सत्ता संकट गहिरिएसँगै पार्टी सचिवालय सहित स्थायी...