नेपाली समय: ११:३६:११ बिहान
वि.सं २०७७ आषाढ २०   शनिवार

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ २१)
News Title

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय समेत गरि सकेको छ ।

पछिल्लो एक हप्तादेखि कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेर जोखिम बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने तयारी गरेको हो ।

बुधबार मन्त्रालयमा बसेको बैठकको यस्तो निर्णय गरेको हो । मन्त्रालयले गरेको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए ।

स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका कोभिड–१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ। सो मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक) हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ । लक्षण नभएका र हल्का लक्षण भएकाहरू घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने शर्तहरू छन् ।

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभरबाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत् मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत छन् ।

यसरी आइसोलेनमा बसेकाहरूमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ।

मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ । गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कतारबाट...

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...

प्रधानमन्त्री ओलीको सन्देश बोकेर खुमलटार पुगे पोखरेल, पौडेल र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर रक्षामन्त्रीसहित महासचिव खुमलटार पुगेका छन् । सत्ता संकट गहिरिएसँगै पार्टी सचिवालय सहित स्थायी...