नेपाली समय: ११:४०:२९ बिहान
वि.सं २०७७ आषाढ २०   शनिवार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ २१)
News Title

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाले यस्ता विभेदविरुद्ध अग्रपङ्क्तिमा रहेर नेकपाले सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै दोषीलाई कारवाहीको माग गरिएको छ । 

महासचिव पौडेलले संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थासमेत गरिएको तर संवैधानिक, कानूनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धि भएपनि व्यवहारमा अझै दलित समुदायमाथि विभेद र हिंसाका घटना देखा पर्नु गम्भीर चिन्ताको विषय भएकाले सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको उल्लेख गरेका छन् ।

‘वीभत्स र त्रासदीपूर्ण रुकुमपश्चिमको उक्त घटनाको पार्टी निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात् गर्नुपर्ने र छुवाछूतजस्तो अपराधमा संलग्न व्यक्ति पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ । त्यस आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मूल गर्न पार्टी कृतः सङ्कल्पित रहेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ । गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कतारबाट...

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...

प्रधानमन्त्री ओलीको सन्देश बोकेर खुमलटार पुगे पोखरेल, पौडेल र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर रक्षामन्त्रीसहित महासचिव खुमलटार पुगेका छन् । सत्ता संकट गहिरिएसँगै पार्टी सचिवालय सहित स्थायी...