रवि लामिछाने पुनः रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
1.2k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको नेतृत्वमा निर्विरोध निर्वाचित भएका छन्।
असार ७ गतेदेखि चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि सभापतिमा चयन भएका हुन्। सभापति पदमा लामिछानेबाहेक अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन आयोगबाट भने उनको विजयको औपचारिक घोषणा हुन बाँकी रहेको छ।
लामिछानेको उम्मेदवारी प्रस्तावकका रूपमा वरिष्ठ नेता बालेन शाह बसेका थिए। रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ।