रास्वपा महाधिवेशनमा ८० विद्युतीय उपकरणबाट मतदान, २ घण्टामै नतिजा आउने

1.4k Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि ती उपकरणमा उम्मेदवारका नाम र तस्बिर समावेश गरेर मतदान प्रक्रिया सञ्चालन गरिनेछ ।

निर्वाचन प्रक्रियालाई सहज बनाउन नमुना मतदानका लागि थप ५ वटा उपकरण प्रयोग गरिने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मध्याह्नदेखि पहिलो चरणको मतदान सुरु गर्ने लक्ष्य राखिएको छ ।

यस निर्वाचनमा ४०० भन्दा बढी उम्मेदवारी परेको छ। विभिन्न ‘क्लस्टर’बाट उम्मेदवार तय भएकाले मतदान प्रक्रिया केही समय लम्बिन सक्ने अनुमान गरिएको छ ।

मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्रै प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ ।

 
 
सम्बन्धित समाचार