रास्वपाको केन्द्रीय सदस्यमा प्रधानमन्त्री सचिवालयका तीन जनाको उम्मेदवारी

2.3k Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयमा कार्यरत तीन जना व्यक्तिले उम्मेदवारी दिएका छन्।

प्रधानमन्त्री शाहको सचिवालयमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनीहरू खुला तथा समावेशी समूहबाट केन्द्रीय सदस्य पदका आकांक्षी बनेका हुन्। महाधिवेशनमा ४०० भन्दा बढी उम्मेदवारी परेका बेला सचिवालयसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूको उम्मेदवारीलाई विशेष चासोका रूपमा हेरिएको छ।

रास्वपाले नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाइरहेको छ भने नयाँ केन्द्रीय समिति चयनसँगै पार्टीको भावी दिशा र संगठनात्मक संरचनाबारे समेत महाधिवेशनले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार