कोशी प्रदेशमा स्वास्थ्यमन्त्री निशा मेहता सर्वाधिक मतसहित निर्वाचित

1.6k Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत कोशी प्रदेश समूहबाट केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ। मतगणनाअनुसार स्वास्थ्यमन्त्री निशा मेहता सर्वाधिक १ हजार ८६१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

मेहतापछि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले १ हजार ४६० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे। त्यसैगरी शोभा कार्कीले १ हजार २०४ मत, कल्पना थापाले ९३९ मत, सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले ७८३ मत, सयामलाल चौधरीले ७५८ मत, प्रकाश पाठकले ७४३ मत, वीरेन्द्र श्रेष्ठले ६३१ मत, राजकुमार राईले ६२४ मत र परमणी गेलालले ६१३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपाको प्रथम महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिएको थियो। विभिन्न समूहको मतपरिणाम क्रमशः सार्वजनिक भइरहेका छन् भने केन्द्रीय सदस्यहरूको अन्तिम परिणामपछि पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ।

 
 
सम्बन्धित समाचार