स्वर्णिमले पाए सबैभन्दा बढी मत, दोस्रो स्थानमा सोविता गौतम

1.2k Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणनामा उपसभापति डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन्। मतपरिणामअनुसार वाग्लेले २ हजार ८८ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा सांसद सोविता गौतम रहेकी छन्। उनले १ हजार ९५५ मत प्राप्त गरेकी छन्। त्यसपछि डोलप्रसाद (डीपी) अर्यालले १ हजार ९४४ मत, विराजभक्त श्रेष्ठले १ हजार ९३४ मत र कविन्द्र बुर्लाकोटीले १ हजार ८९५ मत प्राप्त गरेका छन्।

यस्तै, सुमना श्रेष्ठले १ हजार ८८९ मत, गणेश पराजुलीले १ हजार ८८२ मत, मनीष झाले १ हजार ८७५ मत, शिशिर खनालले १ हजार ८५८ मत तथा निशा डाँगीले १ हजार ८४४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपाको प्रथम महाधिवेशनमा विद्युतीय मतदान प्रणालीमार्फत ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो। केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ।

 
 
सम्बन्धित समाचार