रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित
1.5k
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाम सार्वजनिक भएको छ। खुला ३५ सदस्यका लागि भएको निर्वाचनमा अर्थमन्त्रीसमेत रहेका डा. स्वर्णिम वाग्ले सर्वाधिक २६०७ मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्।
उनलाई सोविता गौतमले २५९४ मतसहित पछ्याएकी छन् भने शिशिर खनाल २४९५ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यसपछि सागर ढकाल (२३३३), तोसिमा कार्की (२२५७), रञ्जु दर्शना (२२४९), मनिष झा (२२३७) र हरि ढकाल (२२१९) निर्वाचित भएका छन्।
त्यस्तै कविन्द्र बुर्लाकोटी (२१८४), विपिन आचार्य (२१२६), रमेश प्रसाईं (२१२३), बिराजभक्त श्रेष्ठ (२०९४), निशा डाँगी (२०८९), इन्दीरा रानामगर (२०४७), गणेश पराजुली (२०४५), जगदिश खरेल (ललितपुर) (२०४४) र पुकार बम (२०३०) पनि निर्वाचित भएका छन्।
निर्वाचित हुने अन्य उम्मेदवारमा प्रमोद न्यौपाने (१८९२), यज्ञमणि न्यौपाने (१८६९), सस्मित पोखरेल (१८३३), राजुनाथ पाण्डे (१८१२), रिमा विश्वकर्मा (१८१०), असीम साह (१७२८), खगेन्द्र सुनार (१७०८), राजीव खत्री (१७०१), समीक्षा बास्कोटा (१६९९), गणेश कार्की (१६९३), जगदिश खरेल (दोलखा) (१५१३), लिमा अधिकारी (१५०४), शिशिर श्रेष्ठ (१४८४), क्रान्तिशीखा धिताल (१४७९), आशिका तामाङ (१४३०), सुदीप ढकाल (१४२९) र अनुष्का श्रेष्ठ (१३५३) रहेका छन्।
यस्तै रोहन कार्की (१०२२), अरनिको पाण्डे (९१२), धनञ्जय रेग्मी (८९०) र रामजी यादव (८६९) भने निर्वाचित हुन सकेनन्।