चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार खुलातर्फ डा. स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
खुलातर्फ सोविता गौतमले दुई हजार ६४१, शिशिर खनालले दुई हजार ५३८, सागर ढकालले दुई हजार ३७६, डा. तोसिमा कार्कीले दुई हजार ३०२, रञ्जु दर्शनाले दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार २१६, रमेश प्रसाईंले दुई हजार १६६ तथा निशा डाँगीले दुई हजार १३२ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ।
यस्तै, रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल (दोलखा)ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ तथा लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन आयोगका अनुसार समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारुबाट २ जना, मधेसीबाट ५ जना, दलितबाट ४ जना, मुस्लिमबाट २ जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।






