प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच समसामयिक राजनीतिक छलफल

1.2k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गर्नुभएको छ।

आज बिहान विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, वर्तमान राजनीतिक अवस्था तथा आपसी चासोका विषयमा छलफल भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार भेटमा पछिल्लो राजनीतिक परिस्थिति, दलहरूबीचको संवाद, सहकार्यका सम्भावना तथा समसामयिक राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो।

भेटवार्तालाई पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, छलफलमा भएका विषयवस्तुबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचार