राष्ट्रहितमा थियो भने रेकर्डबाट किन हटाउने ? : आरेन राई

2k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले दिएको अभिव्यक्ति राष्ट्रहितमा भएको भए संसद्को अभिलेख (रेकर्ड)बाट नहटाउन माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर भए हटाउनुपर्ने, तर राष्ट्रहितमा भएको भए अभिलेखबाट हटाउन नहुने धारणा राखे ।

उनले आफूहरू विरोधका लागि मात्र विरोधमा नउत्रिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भन्ने दिएको अभिव्यक्तिलाई लिएर निरन्तर आवाज उठाउँदै आएको बताए ।

‘हामी सदनमा विरोधका लागि विरोध गरिरहेका होइनौँ । प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग राख्दै आएका थियौँ, तर त्यसको सुनुवाइ भएन,’ उनले भने, ‘यदि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने म माग गर्दछु, त्यो रेकर्डबाट नहटाइयोस् ।’

सम्बन्धित समाचार