1k
Shares
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँट क्षेत्रबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्।
प्रहरीका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ टिप्न जंगलतर्फ गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले आफ्नै स्तरमा खोजी गरेका थिए।

लामो समयसम्म सम्पर्क हुन नसकेपछि परिवारले प्रहरीलाई जानकारी गराएका हुन्। त्यसपछि प्रहरी टोलीले सम्पर्कविहीन महिलाहरूको खोजी कार्य सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको खोजीका लागि आवश्यक जनशक्ति परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।