डा. गोविन्द केसी र सरकारी टोलीबीच प्रारम्भिक भेट, आइतबारदेखि औपचारिक वार्ता हुने

1.5k Shares

काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकारका वार्ता टोलीका सदस्य तथा शिक्षा सचिव चूडामणि पौडेलबीच शनिबार शिष्टाचार भेटघाट भएको छ। अस्पतालमा उपचाररत डा. केसीलाई भेट्न शिक्षा सचिव पौडेल आफैं पुग्नुभएको हो।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार भेटका क्रममा शिक्षा सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारका तर्फबाट सद्भाव व्यक्त गर्नुभएको थियो।

उहाँका अनुसार सरकारी वार्ता टोलीका अन्य सदस्य काठमाडौं बाहिर वा अन्य कार्यमा व्यस्त रहेकाले शनिबार औपचारिक वार्ता हुन सकेन। दुवै पक्षबीच वार्ता टोलीका सबै सदस्य उपस्थित भएपछि आइतबारदेखि औपचारिक वार्ता सुरु गर्ने सहमति भएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै डा. केसी तीन दिनदेखि आमरण अनशनमा हुनुहुन्छ। दुवै पक्षबीच हुने औपचारिक वार्ताबाट उहाँका मागबारे सहमति जुट्दै अनशन अन्त्य हुने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार