डा. गोविन्द केसीको अनशन टुंग्याउन सरकारी टोली धनगढीमा, आजै वार्ता हुने

981 Shares

काठमाडौँ । धनगढीमा सत्याग्रहरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारी उच्चस्तरीय टोली आइतबार धनगढी पुगेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरमार्फत धनगढी पुगेका हुन्।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका थिए। शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ताको वातावरण बनाएका थिए।

धनगढी पुगेको सरकारी टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत सहमतिपूर्ण समाधान निकाल्दै सत्याग्रहको अन्त्य गराउने प्रयास भइरहेको जनाएको छ।

यसैबीच, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरूको सल्लाहमा शनिबार डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उनको उपचार तथा स्वास्थ्य निगरानी जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार