डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु

1.5k Shares

काठमाडौँ । आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा आइतबार वार्ता सुरु भएको हो।

सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल वार्तामा सहभागी छन्।

यस्तै, डा. केसीका तर्फबाट डा. पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी भएका छन्। डा. केसीको जारी अनशन र उहाँले उठाएका मागका विषयमा सहमति खोज्ने उद्देश्यले दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार