पार्टी एकताका प्रयास सहमतिमै केन्द्रित छन् : गगन थापा

1.7k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्ने प्रयास सहमतिको आधारमा अघि बढिरहेको बताएका छन्। उनले कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउन सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गरेका छन्।

प्रतिनिधिहरूसँगको छलफलमा थापाले कांग्रेसको एकता कसैको हार वा जितको विषय नभई साझा सहमतिबाट समाधान खोज्ने प्रक्रियाका रूपमा अघि बढिरहेको बताए। उनले सबै पक्षको सम्मान र सहभागितालाई सुनिश्चित गर्दै पार्टीलाई एउटै धारमा ल्याउने प्रयास जारी रहेको स्पष्ट पारे।

उनले पार्टीभित्र देखिएका मतभेद संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसलाई जनविश्वासअनुकूल बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकता अपरिहार्य रहेको बताए। त्यसका लागि व्यक्तिगतभन्दा पनि संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

थापाले प्रतिनिधिहरूलाई संयमता अपनाउन र पार्टीभित्रको संवादलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन सहयोग गर्न आग्रह गर्दै सहमतिमै आधारित एकताले मात्रै कांग्रेसलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार