काठमाडौं । चिकित्सा शिक्षा सुधारलगायत विभिन्न माग राख्दै धनगढीमा बिहीबारदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले सरकारसँग सात बुँदे सहमति भएपछि आफ्नो अनसन तोडेका छन्।
डा. केसीका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलमा सहमति जुटेपछि उनले जुस पिएर अनसन अन्त्य गरेका हुन्।
वार्तापछि दुवै पक्षबीच सात बुँदे सहमति भएको जनाइएको छ। सहमतिका आधारमा सरकारले डा. केसीले उठाएका मागहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
सहमतिसँगै केही दिनदेखि जारी अनसन औपचारिक रूपमा समाप्त भएको छ। सात बुँदे सहमतिको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ।
डा. केसीले विगतदेखि नै चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार र सरकारी प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पटक–पटक अनसन गर्दै आएका छन्।
