प्रधानमन्त्री बालेनलाई भारतको औपचारिक निम्तो

2.3k Shares

काठमाडौं । भारतले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक भारत भ्रमणका लागि निम्तो दिएको पुष्टि गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्तो पठाइएको छ।’

यद्यपि, नेपाल सरकारले भने अहिलेसम्म यस विषयमा औपचारिक जानकारी सार्वजनिक गरेको छैन। सरकारी अधिकारीहरूले भने दुवै देशको अनुकूल समय मिलाएर भ्रमण हुने बताउँदै आएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत द्विपक्षीय सम्बन्ध, राजनीतिक संवाद तथा आपसी सहकार्यका विविध विषयमा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणको मिति र एजेन्डाबारे भने दुवै पक्षबाट औपचारिक घोषणा हुन बाँकी छ।

सम्बन्धित समाचार