सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, दिउँसो २ बजेदेखि आदेश लागू

1k Shares

लहान । जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हुलदङ्गा नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्न गोलबजारका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कर्फ्युको क्षेत्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहिया खोलादेखि पश्चिमतर्फ वडा नं. ८ को चोहर्वा चोक, उत्तरतर्फ वडा नं. ४ को क्याम्पस चोक र दक्षिणतर्फ वडा नं. ६ को बस्ती क्षेत्रसम्म तोकिएको छ।

प्रशासनका अनुसार बिहीबार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू रहनेछ।

कर्फ्यु आदेशको उल्लङ्घन वा अवज्ञा हुने कुनै पनि गतिविधिमा संलग्न भए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। साथै, जिल्लाको शान्ति–सुरक्षालाई सामान्य अवस्थामा फर्काउन स्थानीय प्रशासनले सबै पक्षसँग संयम अपनाई सहयोग गर्न आग्रह गरेको छ।

 
 
सम्बन्धित समाचार