‘गृह प्रशासनमाथि उठेका प्रश्न गम्भीर छन्, सरकारले जवाफ दिनुपर्छ’ : मनिष झा
1.1k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले गृह प्रशासनमाथि उठिरहेका प्रश्न गम्भीर प्रकृतिका भएकाले सरकारले त्यसको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले पछिल्ला घटनाक्रमले गृह प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसलाई सामान्य रूपमा लिन नहुने बताए। उनले यस्ता विषयमा सरकारले पारदर्शी ढंगले तथ्य सार्वजनिक गर्दै जनविश्वास कायम गर्नुपर्नेमा जोड दिए।
उनले सुरक्षा प्रशासनसँग जोडिएका संवेदनशील विषयमा सरकार जिम्मेवार र जवाफदेही बन्नुपर्ने उल्लेख गर्दै संसदमा उठेका प्रश्नको स्पष्ट उत्तर दिन सरकार तयार हुनुपर्ने धारणा राखे। साथै, कुनै पनि घटनाको छानबिन तथ्य र प्रमाणका आधारमा हुनुपर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा निष्कर्षमा पुग्न नहुने बताए।
झाले लोकतान्त्रिक शासन व्यवस्थामा सुरक्षा निकायप्रति जनविश्वास कायम राख्नु सरकारको दायित्व भएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र कानुनी प्रक्रियाको पूर्ण पालना आवश्यक रहेको बताए। उनले जनतामा देखिएको अन्योल र आशंका हटाउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने धारणा पनि व्यक्त गरे।