आन्तरिक विवादकै बीच कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
1.3k
Shares
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने जानकारी दिएका छन्।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक गतिविधि तथा आगामी महाधिवेशनको तयारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र आगामी महाधिवेशनको कार्यतालिका, विधानको व्याख्या तथा संगठनात्मक व्यवस्थापनलाई लिएर फरक–फरक धारबीच बहस चलिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो।
बैठकले महाधिवेशन तयारी, पार्टीको आन्तरिक व्यवस्थापन र समसामयिक राजनीतिक विषयमा आवश्यक निर्णय लिन सक्ने नेताहरूको अपेक्षा छ।