मोदी–नेतन्याहूबीच टेलिफोन वार्ता, भारत–इजरायल सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

13.7k Shares

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच बुधबार टेलिफोन वार्ता भएको छ। वार्तामा दुई देशबीचको विशेष रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

जारी गरिएको प्रेस विज्ञप्तिअनुसार दुवै नेताले भारत–इजरायल सम्बन्धलाई थप मजबुत बनाउने विषयमा सहमति जनाएका छन्। साथै, व्यापार, प्रविधि, सुरक्षा तथा अन्य साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

वार्ताका क्रममा पश्चिम एसियाको पछिल्लो सुरक्षा तथा राजनीतिक अवस्थाबारे पनि विचार आदान–प्रदान भएको थियो। दुवै नेताले क्षेत्रीय शान्ति, स्थायित्व र आपसी समन्वयलाई निरन्तर अघि बढाउने विषयमा समेत छलफल गरेका थिए।

प्रधानमन्त्री मोदी र प्रधानमन्त्री नेतन्याहूले आगामी दिनमा पनि उच्चस्तरीय संवाद र नियमित सम्पर्कलाई निरन्तरता दिने सहमति गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भएको टेलिफोन वार्ताबारे जानकारी दिँदै भारत–इजरायल सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

सम्बन्धित समाचार