शहीद गंगालाल हृदय केन्द्रको नेतृत्वमा डा. आशिष अमात्य

1.4k Shares

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

नियुक्तिपछि डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण कार्यक्रममा मन्त्रालयका अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त निर्देशक डा. अमात्यले केन्द्रको सेवा प्रभावकारी बनाउने, मुटु रोगसम्बन्धी उपचार तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपालकै प्रमुख मुटु उपचार केन्द्रमध्ये एक हो। केन्द्रले मुटु रोगको उपचार, शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार