कर्णालीमा केही दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री शाही

1.2k Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्री शाहीले नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा पुगिसकेको उनको भनाइ छ । “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,” उनले भने । सातै प्रदेशमा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार अघि बढ्नुपर्ने भएकाले कर्णालीमा पनि मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको मुख्यमन्त्री शाहीले बताए ।

मन्त्रिपरिषद् गठनमा ढिलाइ भए पनि प्रदेश सरकारका नियमित काम भने प्रभावित नभएको उनले दाबी गरे । नेकपा (एमाले) को समर्थनमा शाही यही साउन १२ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित समाचार