काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार बिहान भेटवार्ता भएको छ। कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला दुई नेताबीच पार्टी एकताका विषयमा छलफल भएको हो।
सभापति थापा बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालय पुगेका थिए। त्यहाँ दुई नेताबीच छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले पुष्टि गरेका छन्।
उनका अनुसार बिहान साढे ९ बजे भएको भेटवार्तामा मुख्य रूपमा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा कुराकानी भएको थियो। ‘पार्टी मिलाउने विषयमा कुराकानी भयो। अरू केही होइन,’ थपलियाले भनेका छन्।
कांग्रेसभित्र पछिल्लो समय विभिन्न विषयमा नेताहरूबीच मतभेद बढ्दै गएको छ। संस्थापन पक्ष र असन्तुष्ट समूहबीचको दूरी कम गर्न नेतृत्व तहबाट संवादको प्रयास भइरहेका बेला थापा र कोइरालाबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि पनि पार्टीभित्रको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक छलफल हुँदै आएको छ। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको मंगलबारको भेटवार्तामा भने पार्टीभित्रको विवाद समाधान र संगठनलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा केन्द्रित रहेर छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।
कांग्रेसमा आन्तरिक विवाद बढिरहेका बेला सभापति थापाले असन्तुष्ट पक्षका नेताहरूसँग संवाद अघि बढाउन थालेका छन्। दुई नेताबीचको पछिल्लो भेटले पार्टीभित्रको मतभेद समाधानका लागि संवाद र सहमतिको प्रयासलाई निरन्तरता दिने संकेत