कोशी सरकार संकटमा, कांग्रेसका पाँच मन्त्रीले पद छाड्ने

1.7k Shares

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका तर्फबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले बुधबारै राजीनामा दिने तयारी गरेका छन्।

कांग्रेस नेता उद्धव थापाका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले राजीनामा दिनेछन्।

त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले पनि राजीनामा दिने तयारी गरेकी छन्।

यससँगै कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य अन्त्य हुने भएको छ। पछिल्लो राजनीतिक परिस्थितिका कारण कांग्रेस सरकारबाट बाहिरिन लागेको हो।

 
 
 
सम्बन्धित समाचार