कांग्रेसको विवादले राष्ट्रियता र लोकतन्त्र कमजोर हुन्छ: देउवा

1.2k Shares

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमतिलाई बृहत्तर एकतामा रूपान्तरण गर्नुपर्ने बताएका छन्। शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेसभित्र भावनात्मक एकता र मेलमिलाप अहिले अत्यावश्यक रहेको बताए।

देउवाले नेपाली कांग्रेसमा २००७ सालमा प्रजातान्त्रिक संघर्ष गरेका पुस्तादेखि वर्तमान युवा पुस्तासम्म चार पुस्ताको सहभागिता रहेको उल्लेख गरे। पार्टीभित्र विवाद बढ्दा त्यसको असर पार्टीमा मात्र सीमित नरही मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि समेत पर्ने उनको भनाइ थियो।

उनले कांग्रेसभित्रको असहमतिलाई आपसी संवाद र समझदारीमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

देउवाले भने, ‘नेपाली कांग्रेसभित्र भावनात्मक रूपमै एकता र मेलमिलाप अत्यावश्यक छ भन्ने कुरामा म स्पष्ट छु । नेपाली कांग्रेस २००७ सालमा संघर्ष गरेकादेखि अहिलेको युवा पुस्तासम्म चार पुस्ता सदस्य रहेको पार्टी हो ।

यो पार्टीमा विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ।’

सम्बन्धित समाचार