1.1k
Shares
भारतीय सेना प्रमुखले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको यो समाचार सन् २०२० को हो। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणका क्रममा नेपाली सेनाका दुई फिल्ड अस्पतालका लागि एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयू भेन्टिलेटर, भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, प्रयोगशाला उपकरण र एम्बुलेन्सलगायत सामग्री हस्तान्तरण गरेका थिए। कोभिड–१९ विरुद्धको लडाइँमा सहयोग पुर्याउने उद्देश्यले थप भेन्टिलेटरसमेत प्रदान गरिएको थियो।