प्रतिनिधिसभाको बैठक बस्दै : चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

918 Shares

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्रीले सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिनेछन्।

यसैगरी, कानुनमन्त्री सोविता गौतमले थारू आयोगको प्रतिवेदनसहित विभिन्न विधेयक तथा महत्वपूर्ण सम्झौतासम्बन्धी विषय सदनमा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।

मुख्य कार्यसूची :

  • चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ
  • परराष्ट्रमन्त्रीबाट प्रश्नको उत्तर
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीबाट प्रश्नको उत्तर
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट प्रश्नको उत्तर
  • कृषि, वन तथा वातावरणमन्त्रीबाट प्रश्नको उत्तर
  • कानुनमन्त्रीबाट प्रतिवेदन तथा विधेयकसम्बन्धी विषय प्रस्तुत गर्ने कार्य।
सम्बन्धित समाचार