बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको प्रतिस्पर्धात्मक निर्वाचन
1k
Shares
ढाका । बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको प्रतिस्पर्धात्मक निर्वाचन हुँदैछ। संसद् भवनमा दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का मिर्जा फखरुल इस्लाम आलमगीर र जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमद प्रतिस्पर्धामा छन्। संसद्का ३४९ सदस्यले मतदान गर्नेछन्।
सन् १९९१ पछि राष्ट्रपतिको निर्वाचनमा एकभन्दा बढी उम्मेदवारबीच मतदान हुन लागेको यो पहिलो पटक हो। यसअघि लगातार राष्ट्रपतिहरू निर्विरोध निर्वाचित हुँदै आएका थिए। सन् १९९१ को प्रतिस्पर्धात्मक निर्वाचनमा अब्दुर रहमान विश्वासले १७२ मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भएका थिए।
बीएनपीको संसद्मा स्पष्ट बहुमत रहेकाले आलमगीर निर्वाचित हुने सम्भावना बलियो रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्। निर्वाचित राष्ट्रपतिले शुक्रबार बंगभवनमा शपथ लिने कार्यक्रम छ।