संकटमा कांग्रेसले प्रदीप गिरीको वैचारिक साथ खोज्थ्यो : विश्वकर्मा

939 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीमा विचलन, विवाद वा सङ्कट उत्पन्न हुँदा तत्कालीन नेताहरूले प्रदीप गिरीको खोजी गर्ने गरेको बताएका छन्।

काठमाडौँमा आयोजित प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा बोल्दै विश्वकर्माले गिरी कांग्रेसभित्र वैचारिक स्पष्टता र लोकतान्त्रिक मूल्यका पक्षमा उभिने नेताका रूपमा स्थापित रहेको स्मरण गरे।

उनले पार्टीमा समस्या देखिँदा गिरीसँग छलफल गर्ने र उहाँका विचार सुन्ने परम्परा रहेको बताए। गिरीको राजनीतिक योगदान र वैचारिक दृष्टिकोण अहिले पनि कांग्रेसका लागि सान्दर्भिक रहेको उनको भनाइ थियो।

प्रदीप गिरी नेपाली कांग्रेसका बौद्धिक नेता तथा समाजवादी चिन्तकका रूपमा परिचित थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा–१ बाट निर्वाचित उनी कांग्रेस केन्द्रीय सदस्यसमेत थिए। २०२५ सालदेखि २०४२ सालसम्म पटक–पटक गरी उनले करिब चार वर्ष जेल जीवन बिताएका थिए।

गिरीको २०७९ भदौ ४ गते ७५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो।

सम्बन्धित समाचार