1.1k
Shares
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार बिहान बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन् । सोही विषयलाई लिएर कठायतले प्रहरी जवानमाथि नै हातपात गरेको आरोप छ ।
घटनापछि प्रहरीले कठायतलाई बानेश्वर क्षेत्रबाटै पक्राउ गरेको हो ।
कठायतमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।