रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्कविहीन

1.1k Shares

सुर्खेत । रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार बाढीपछि कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको हो।

‘जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गरिरहेका छौँ । अहिलेसम्म १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ,’ एसएसपी राठौरले भने।

प्रहरीका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणलाई थप यकिन गर्ने काम भइरहेको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

कुन जिल्लाका कति ?

कर्णालीका १० जिल्लाबाट सम्पर्कविहीन भएका १३४ जनाको जिल्लागत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा उनीहरू रोजगारीका क्रममा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका व्यक्ति रहेको जनाइएको छ।

Karnali-bepatta.jpeg

 

सम्बन्धित समाचार