काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पेन्सन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकी छन्।
कार्कीले आफ्नो मासिक पेन्सनबापत प्राप्त हुने ७७ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको उनको सचिवालयले जनाएको छ।
नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीमा परी सयौँको ज्यान गएको छ भने बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेका बेला पूर्वप्रधानमन्त्री कार्कीले आफ्नो एक महिनाको पेन्सन राहत कोषमा सहयोग गरेकी हुन्।