प्रतिनिधिसभा बैठक भोलि बस्ने, महाविपद्बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने

960 Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बोलाउने निर्णय गरेको हो।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्ने तय भएको छ। उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा सबै दलका नेताहरूले धारणा राख्नेछन्।

यसअघि भदौ १० गते बसेको प्रतिनिधिसभा बैठक त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि संसद् बैठक पुनः बोलाउन लागिएको हो।

भदौ १० गते आएको बाढीका कारण भोटेकोशी नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकसमेत प्रभावित भएका छन्।

Screenshot 2026-09-01 125258.png

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा परी ९८७ जनाको शव फेला परेको छ। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन्।

प्रतिनिधिसभाको आगामी बैठकमा महाविपद्को अवस्था, उद्धार तथा राहत र प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा सांसदहरूले धारणा राख्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार