गण्डकीका नवनियुक्त मन्त्री फणिन्द्र देवकोटाले लिए शपथ
911
Shares
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणिन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनता समाजवादी पार्टीका देवकोटालाई प्रदेश सरकारमा मन्त्री नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका छन्।
नेकपा एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि गण्डकी सरकारमा केही मन्त्रालय रिक्त भएका थिए। सोही रिक्ततामध्ये एक मन्त्रालयमा देवकोटालाई मन्त्री नियुक्त गरिएको हो।
देवकोटाको मन्त्रालयको जिम्मेवारी भने नियुक्तिपछि तय गरिने बताइएको छ। गण्डकी सरकारमा सत्ता समीकरणमा आएको परिवर्तनसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।