प्रतिनिधिसभाबाट विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित

1.2k Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

विशेष प्रस्तावमार्फत बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन र प्रभावित नागरिकलाई आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

भोटेकोशी बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। धादिङ, चितवन र गोरखालगायत जिल्लासमेत प्रभावित भएका छन्।

प्रतिनिधिसभाले विपद्को यस कठिन परिस्थितिमा उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी ढंगले अघि बढाउन सम्बन्धित सबै पक्षलाई एकजुट भएर काम गर्न आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार