1.4k
Shares
काठमाडौं । संघीय संसद्को बैठक चलिरहेका बेला सांसद खड्का अचानक ढलेका छन्। बैठककै क्रममा स्वास्थ्यमा समस्या आएर ढलेका उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।
सांसद खड्का बैठकमा सहभागी भइरहेका बेला अचानक अस्वस्थ भएपछि अन्य सांसद तथा संसद् सचिवालयका कर्मचारीले उनलाई उद्धार गरेका थिए। त्यसपछि उनलाई थप उपचारका लागि वीर अस्पताल पुर्याइएको हो।
उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने चिकित्सकीय परीक्षणपछि मात्र सार्वजनिक हुने बताइएको छ।