1.3k
Shares
काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विवाद समाधानका लागि नेताहरूबीच भेटवार्ता र छलफल तीव्र भएको छ।
कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। भेटमा पार्टीभित्र देखिएको असहमति, पछिल्लो राजनीतिक अवस्था तथा विवाद समाधानका उपायबारे छलफल भएको बताइएको छ।
यसैबीच नेता शेखर कोइरालासँग पनि छलफल अघि बढाइएको छ। पार्टीभित्रको मतभेदलाई संवादमार्फत समाधान गर्ने प्रयासस्वरूप शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको हो।
कांग्रेसमा पछिल्लो समय उत्पन्न विवादका कारण पार्टीको आन्तरिक राजनीतिक गतिविधि प्रभावित भइरहेका बेला नेताहरूबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।