काठमाडौं । सांसद अफसाना बानुले जेनजी आन्दोलनका क्रममा संघर्ष गरेका योद्धाहरूलाई न्याय दिनुपर्ने बताएकी छन्।
उनले आन्दोलनका क्रममा उठाइएका माग तथा युवाहरूको योगदानलाई राज्यले गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छन्। आन्दोलनमा सहभागी भएकाहरूको भावना र मागलाई बेवास्ता गर्न नहुने भन्दै उनले उनीहरूलाई उचित न्याय र सम्मान दिनुपर्ने धारणा राखेकी हुन्।
सांसद बानुले जेनजी आन्दोलनबाट उठेका विषयलाई सम्बोधन गर्दै आगामी दिनमा राज्यले नागरिकका आवाज र अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएकी छन्।