काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी कार्यालयमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी रणनीति तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही तथा पार्टीले आगामी दिनमा अपनाउनुपर्ने राजनीतिक रणनीतिबारे नेताहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, पार्टीको आन्तरिक गतिविधि, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यक्रमका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
कांग्रेस कार्यसमिति बैठकलाई पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।