भोटेकोशी बाढीबारे छलफल गर्न प्रचण्डले बोलाए केन्द्रीय संयोजन समिति बैठक
1.3k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गर्न केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन्।
बैठकमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित नागरिकलाई थप सहयोग गर्ने विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तामार्फत भइरहेको राहत तथा उद्धार कार्यको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामबारे समेत बैठकमा आवश्यक निर्णय लिइनेछ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन राजनीतिक दल तथा विभिन्न संघसंस्थाले समेत पहल गरिरहेका छन्।