कूटनीतिक राहदानीमा परिवारलाई समेट्नेदेखि ज्येष्ठ नागरिकलाई घरमै सेवा दिनेसम्मका प्रस्ताव

897 Shares

काठमाडौं । राहदानीसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभामा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन्। राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि १३ सांसदले ५३ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

संशोधन प्रस्तावमा कूटनीतिक राहदानीको सुविधा पाउने व्यक्तिको परिवारलाई समेत समेट्नुपर्ने विषयदेखि ज्येष्ठ नागरिकलाई घरमै राहदानीसम्बन्धी सेवा उपलब्ध गराउनेसम्मका प्रस्ताव छन्।

सांसदहरूले राहदानी सेवा नागरिकमैत्री र सहज बनाउनुपर्नेमा जोड दिएका छन्। विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा कार्यालयसम्म पुग्न कठिन हुने नागरिकलाई सेवा लिन सहज वातावरण बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, कूटनीतिक राहदानीको प्रयोग र सुविधा सम्बन्धमा पनि विभिन्न व्यवस्था गर्नुपर्ने सुझाव सांसदहरूले दिएका छन्। कूटनीतिक सेवामा संलग्न व्यक्तिका परिवारका सदस्यलाई समेत निश्चित अवस्थामा राहदानीसम्बन्धी सुविधा उपलब्ध गराउनुपर्ने विषय संशोधन प्रस्तावमा समेटिएको छ।

विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावमाथि संसद्को सम्बन्धित समितिमा छलफल हुने र आवश्यकताअनुसार विधेयकमा परिमार्जन गरिनेछ। प्रस्तावहरूले राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित, सहज र नागरिकमैत्री बनाउने विषयलाई प्राथमिकता दिएका छन्।

सम्बन्धित समाचार