ग्रीन आर्मी’ खारेज गर्न सरकारसँग नेकपाको माग

1k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विवादमा आएको ‘ग्रीन आर्मी’ तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। सेनाको जस्तो पोसाक प्रयोग गरिएको भन्दै उक्त संरचनाप्रति प्रश्न उठिरहेका बेला नेकपाले यस्तो माग गरेको हो।

नेकपाले ‘ग्रीन आर्मी’ गठनको औचित्यमाथि प्रश्न उठाउँदै यसको संरचना तथा गतिविधिबारे सरकारसँग स्पष्ट जवाफ मागेको छ। सेनासँग मिल्दोजुल्दो पोसाक र स्वरूप प्रयोग गरेर छुट्टै संरचना सञ्चालन गर्नु उपयुक्त नहुने पार्टीको धारणा रहेको छ।

पार्टीले राज्यका सुरक्षा तथा अन्य निकायसँग सम्बन्धित विषयमा स्पष्ट कानुनी व्यवस्था र जिम्मेवारीको सीमा निर्धारण हुनुपर्नेमा जोड दिएको छ। कुनै पनि संरचना गठन गर्दा त्यसको कानुनी आधार, उद्देश्य र कार्यक्षेत्र स्पष्ट हुनुपर्ने नेकपाको भनाइ छ।

‘ग्रीन आर्मी’ सम्बन्धमा उत्पन्न विवादलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल आवश्यक निर्णय गर्नुपर्ने माग गर्दै नेकपाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

सम्बन्धित समाचार